बिएल संवाददाता
पूर्व प्रधानमन्त्री केपी ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
पदमा रहँदा भ्रष्टाचार तथा सत्ता दुरुपयोग गरेको आरोप लगाउँदै चितवनका सञ्चिव भट्टराईले तत्कालिन प्रधानमन्त्री ओलीविरुद्ध उजुरी दिएका हुन्। मंसिर ७ गते दर्ता भएको उजुरीको दर्ता नं. c-026097 छ।
ओलीले गराएका विभिन्न सरकारी निर्णयहरू व्यापारी दीपकुमार मल्होत्रालाई प्रत्यक्ष लाभ हुने गरी गरिएको दाबी उजुरीमा गरिएको छ।
गिरिबन्दु टी स्टेटको ३ सय ४३ बिघा जमिन, स्मार्ट सिटी परियोजना तथा मल्होत्रा समूहमाथि चलिरहेका मुद्दा मोड्न कानून संशोधनसम्म गरिएको आरोप लगाइएको छ।
उजुरीमा ‘गिरिबन्दु टी–स्टेट प्रालि’ सम्बन्धी विवाद, रजिष्ट्री रोक्का तथा मुद्दा प्रक्रियामा हस्तक्षेप गरी मल्होत्राको पक्षमा निर्णय दिलाउन प्रधानमन्त्री ओली तथा सम्बद्ध मन्त्री र सचिवहरूले प्रत्यक्ष भूमिका खेलेको’ दाबी गरिएको छ।
उक्त जग्गा स्मार्ट सिटी योजनाअन्तर्गत बिक्रि–वितरण गर्न दिने निर्णयबाट मल्होत्रा समूहलाई अरबौँ रुपैयाँको आर्थिक लाभ पुगेको उजुरीकर्ता भट्टराईको दाबी छ।
भट्टराईले ओलीसहित त्यसबेलाका मन्त्री र पदाधिकारीहरूले सार्वजनिक पद दुरुपयोग गरेको भन्दै सम्पूर्ण विषयमा छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
‘सार्वजनिक पदमा बसेर गरिएको दुरुपयोग, भ्रष्टाचार र स्वार्थमा आधारित निर्णयको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म एक सचेत नागरिकको हैसियतले यो उजुरी दिएको हुँ', उजुरीमा भट्टराईले भनेका छन्।


नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया