बिएल संवाददाता
कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्।
हेटौँडामा अन्यायपूर्ण तरिकाले सडक विस्तार गरिएको भन्दै श्रेष्ठले कुलमानको पार्टीमा बस्न नैतिकताले नदिएको भन्दै राजीनामा घोषणा गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै श्रेष्ठले लेखेकी छन्, ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ? मेरो नैतिकताले दिएन। म हेटौँडा पीडितको साथ छु।’
राजीनामापछि पनि उनले लगातार सरकारविरुद्ध सामाजिक सञ्जालमा लेखिरहेकी छन्। उनले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको राजिनामासमेत माग गरेकी छन्।
राजीनामा दिनुको कारणबारे प्रष्ट्याउँदै उनी लेख्छिन्, ‘नैतिकता छ ममा त्यसैले राजिनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु बस्।’
त्यस्तै उनले वर्तमान सरकार नेपालीको नभइ एडीबी र एमसीसीको भएको आरोप लगाएकी छन्। उनले हेडौंडाको सडक विस्तारलाई राज्य आतंकको संज्ञा दिएकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया