शनिबार, ०६ डिसेम्बर २०२५

प्रधानमन्त्री कार्की आफूलाई जसरी पनि पक्राउ गर्न लागिपरेको ओलीको दाबी

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारीभन्दा बाहिर गएको आरोप लगाएका छन्।

शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दबाब दिइरहेको दाबी गरे।

उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍यो भन्ने माग गर्नुस् भनेर दबाब दिनुभयो। तर उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तिनलाई तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो।’

ओलीले सरकार फेर्ने वा समिकरण बनाउने खेलमा आफू नरहेको पनि प्रष्ट पारे। उनले सरकारले फागुन २१ गते चुनाव गराउने सम्भावना नरहे पनि अब हुने चुनावमा एमाले बहुमतसहित फर्किने दाबी गरे।

उनले भने, ‘एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा छैन। यो सरकारले फागुन २१ मा चुनाव त गराउँदैन, तर अब हुने चुनावमा एमाले बहुमतसहित फर्किनेछ। अरु पूराना पार्टी के गर्छन् मलाई थाहा छैन, तर एमाले त फर्किन्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!