बिएल संवाददाता
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवसहित तीनजना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।
आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।
गत शुक्रबार सात दलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए। सोही दिन प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले कृष्णा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।
तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ।
जनमत पार्टीबाट महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया