बिएल संवाददाता
हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन्।
आइतबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाउँदै उनीमाथि छानविन गर्नुपर्ने बताए।
उनले भने, ‘रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेर गगन थापा, शेरबहादुर देउवा, आरजु राणालगायतले स्क्रिप्ट लेखेर फसाएका हुन्। जेननी आन्दोलनमा पनि कांग्रेसको पार्टी कार्यालयदेखि नेताहरुको घर जलाउनेसम्मको नेतृत्व गगन थापाले गरेका हुन्। उनीमाथि छानविन हुनुपर्छ। आरजु राणालाई झापड हान्ने केटाहरू पनि गगन थापाका हुन्। दलित समूदायमा भाइहरू हुन्। तिनीहरूले ‘गगनले भनेका कारण झापड हानेका हौं’ भनेका छन्। आज बचाइदिनुपर्यो पनि भनेका छन्।’
त्यस्तै उनले रवि लामिछानेलाई विशेषगरी कांग्रेस र एमाले मिलेर प्रतिशोधको आधारमा फसाएको बताए।
‘भेटमा रवि लामिछानेमाथि विशेषगरी कांग्रेस र एमाले मिलेर जुन खालको प्रतिशोध साँधेर उहाँमाथि अत्याचार भएको छ ,त्यसका विरुद्धमा एकचोटी उभिुपर्छ भनेर कारागार पुगेको हुँ। उनीमाथि भएको राजनीतिक हिंसा र बद्ला भएको छ। त्यसको विपक्षमा उभिन यहाँ आएको हुँ,’ उनले भने।
त्यस्तै उनले रवि लामिछाने अहिलेको अवस्थामा देश र जनताको लागि चाहिएको होनाहार व्यक्ति भएको भन्दै आफूलाई थुनेर रविलाई छोड्न मिल्ने भए थुनिन तयार रहेको बताए।
भेटमा दर्ता भएका नयाँ सबै पार्टीहरूबीचको एकतालाई लिएर जाने विषयमा लामिछानेको बुझाई र भनाइ के छ भन्ने विषयमा कुराकानी भएको बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया