बिएल संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो पार्टीले चुनाव जितेर सरकार गठन गर्ने दाबी गरेका छन्।
पार्टीको काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले चुनाव जितेर सरकार बनाउँने कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको जिकिर गरे।
‘जेनजीको आन्दोलनमा भएको तर नबोलिएको एउटा सत्य के हो भने हाम्रो विचार अनुसारको राज्य पनि हुनुपर्छ भन्ने हो। त्यसकारण हामीले घोषणापत्रमै लेखेका छौं। हामीले नै जित्छौं, कुनै शंका छ? हामीले नै जित्छौं, हामीले नै सरकार गठन गर्छौं,’ उनले भने।
साम्पाङले आफ्नो सरकार बनेपछि जेनजी माग सम्बोधन गर्न आयोग बनाउने आश्वासन दिँदै जेनजीहरूको कुरा आफूले मात्रै बुझ्ने दाबी गरे। उनले आफ्नो पार्टीले देशको अग्रगामी छलाङ मार्ने योजना ल्याउने ठोकुवा गरे।
‘त्यसपछि जेनजीको एउटा आयोग बनाउँछौं। जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नुपर्यो नि। ८० वर्षको पुस्ता र हिजो अस्तिको युवा पुस्ताले भनेको कुरा बुझ्छ?,’ साम्पाङले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया