सोमबार, ०८ डिसेम्बर २०२५

सूर्य थापासँग भिड्दै प्राडा पोखरेल

News Image
• • •

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता प्रा.डा. गोविन्दराज पोखरेलले प्युठानबाट लड्ने तयारी गरेका छन्।

०७४ सालमा प्युठानबाट उम्मेद्वारी दिएका पोखरेल राजमोकी दुर्गा पौडेलसँग पराजित भएका थिए। ०७९ को निर्वाचनमा गठबन्धनका कारण टिकट पोखरेलले टिकट पाएका थिएनन्।

गत निर्वाचनमा प्युठानबाट एमालेका सूर्य थापाले जितेका थिए। आगामी निर्वाचनमा पोखरेल थापासँग भिड्न लागेका हुन्।

उम्मेद्वारीबारे पोखरेलले भने, ‘दिगो पूर्वाधार विकास, बृहत् लगानीका नीतिहरू निर्माण, आर्थिक विकास र रोजगारी सिर्जना गर्ने वातावरण तयार पार्न, साथै प्युठानीको आत्मबल र सम्मान उकास्ने लक्ष्यसहित यसपटक मेरो उम्मेद्वारी हुनेछ।’

प्रा.डा. पोखरेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!