बिएल संवाददाता
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता प्रा.डा. गोविन्दराज पोखरेलले प्युठानबाट लड्ने तयारी गरेका छन्।
०७४ सालमा प्युठानबाट उम्मेद्वारी दिएका पोखरेल राजमोकी दुर्गा पौडेलसँग पराजित भएका थिए। ०७९ को निर्वाचनमा गठबन्धनका कारण टिकट पोखरेलले टिकट पाएका थिएनन्।
गत निर्वाचनमा प्युठानबाट एमालेका सूर्य थापाले जितेका थिए। आगामी निर्वाचनमा पोखरेल थापासँग भिड्न लागेका हुन्।
उम्मेद्वारीबारे पोखरेलले भने, ‘दिगो पूर्वाधार विकास, बृहत् लगानीका नीतिहरू निर्माण, आर्थिक विकास र रोजगारी सिर्जना गर्ने वातावरण तयार पार्न, साथै प्युठानीको आत्मबल र सम्मान उकास्ने लक्ष्यसहित यसपटक मेरो उम्मेद्वारी हुनेछ।’
प्रा.डा. पोखरेल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया