मङ्गलबार, ०९ डिसेम्बर २०२५

देउवा भेट्न निवासमै पुगे एमालेका बर्तौला र महासेठ, महाधिवेशन उद्घाटन सत्रमा आउन निम्तो

News Image
• • •

नेकपा एमालेका नेता महेश बर्तौला र रघुवीर महासेठ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवासमा पुगेका छन्।

पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा देउवालाई अतिथिका रुपमा निम्तो दिन नेताहरू मंगलबार देउवा निवास पुगेका हुन्।

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र र काठमाडौंमा बन्द सत्र गर्ने एमालेको तयारी छ।

भेटमा एमाले नेताहरूले प्रतिनिधि सभा विघटनविरुद्ध उभिएकोमा देउवालाई धन्यवादसमेत दिएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध एमालेको पछि लाग्दै कांग्रेसले पनि वारेसमार्फत सर्वोच्चमा रिट दायर गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!