बिएल संवाददाता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्रतिशोध साँधेको आरोप अस्वीकार गरेका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले कसैप्रति प्रतिशोध साँधेर काम नगरेको जिकिर गरे।
उनले भने, ‘मैले कसैप्रति प्रतिशोध साँधेर काम गरेको छैन। मेरो उद्देश्य भनेको सही ठाउँमा सही मान्छे राखेर काम गर्नु हो।’
बुधबार सर्वोच्च अदालतले हितेन्द्रलाई सरुवा गर्ने कुलमानको प्रस्ताव नै पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको भन्दै पदमा पुनर्स्थापना गरिदिएको थियो।
मन्त्री घिसिङले शाक्यले आफैंले ‘काम गर्न सकिनँ, सरुवा गरिदिए हुन्छ’ भनेपछि मात्र सरुवा गरेको दाबी गर्दै काममा परिणाम नदेखाई पदमा बसिरहनुको औचित्य नहुनेमा जोड दिए।
उनले शाक्यको सरुवा व्यक्तिगत प्रतिशोध नभई संस्थागत सुधारका लागि आवश्यक कदम चालेको दाबी गरे। घिसिङले भने, ‘निर्णय नगर्ने र काम नगर्नेलाई कारबाही हुनुपर्छ, नत्र प्रोजेक्टहरू बन्दैनन्।’
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया