बिएल संवाददाता
भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव सन्दिप राना आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्ने भएका छन्।
कांग्रेसले पाल्पा क्षेत्र नम्बर १ बाट रानाको नाम एकल सिफारिस गरेपछि पछि उनी फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने भएका हुन्।
गत निर्वाचनमा समानुपातिकको बन्दसूचीमा रहेका रानालाई यसपाली प्रत्यक्षमा एकल सिफारिस गरेपछि पाल्पाकै कांग्रेस नेताहरूले विरोध जनाएका छन्। रानालाई टिकट दिने उद्धेश्यले नै नेताहरूसँग छलफल नगरि एकल सिफारिस गरिएको भन्दै उनीहरू असन्तुष्टि छन्।
भारतीय जनता पार्टीसँग निकट मानिने राना उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सरल पहुँच राख्छन्। भाजपाका नेताहरू नेपाल आएका बेला खटनपटनको जिम्मेवारी रानाले नै लिने गरेका छन्।
राना भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव समेत हुन्। लामो समय भारतमा बिताएका उनी विगत ६ वर्षयता भने नेपालमा बस्दै आएका छन्।



नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया