बिएल संवाददाता
कांग्रेस महामन्त्री गगन थापाको नाम आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबारको बैठकले प्रत्यक्ष निर्वाचनतर्फ महामन्त्री थापाको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले बताए।
त्यस्तै समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ। राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा समानुपातिकमा सिफारिस भएका हुन्।
महामन्त्री थापाले यसपटकको निर्वाचनमा क्षेत्र परिवर्तन गर्न लागेको चर्चासमेत चलेको थियो। उनको नाम रोल्पा, धनकुटा र सर्लाही-४ बाट पनि संयुक्त रुपमा सिफारिस भएको थियो।
तर, काठमाडौं-४ बाट एकल सिफारिसमा परेपछि थापा आफ्नै पुरानै क्षेत्रबाट चुनाव लड्ने लगभग पक्का छ। यो क्षेत्रबाट थापा ३ पटक निर्वाचित भइसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया