बिएल संवाददाता
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले महाधिवेशनमा भदौ २३ र २४ पछिको परिस्थितिको समिक्षा गर्दै नयाँ दृष्टिकोण तयार गर्नुपर्ने बताएका छन्।
बुधबार एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा काठमाडौं आयोजित अन्तरसंवादमा बोल्दै विष्टले पार्टीलाई थप गतिशिल बनाउन आन्तरिक जनवादलाई बलियो बनाउनुपर्ने बताए।
‘लोकतन्त्रमा जनताले जहिल्यै आशा गरिरहने अवस्था हुन्थ्यो तर हामीले दुई कार्यकालको व्यवस्था हटाउँदा त्यसमा पनि समस्या भो। अब हामीले आगामी महाधिवेशनबाट दुई कार्यकालको व्यवस्था पुनः कायम गरेर प्रभावकारी बनाउनुपर्छ। त्यसमा हामी सफल हुनेछौँ। जति धेरै सुशासनमा जोड दिएर सफलता मिल्छ युवा पुस्ताको आकर्षण त्यति नै हुन्छ। दशौँ महाधिवेशनपछिका निर्णय र कामको समिक्षा गर्नुपर्छ,’ उनले भने।
उनले चुनावमा राप्रपासँग गरिएको गठबन्धन र सरकारमा जान कांग्रेस, माओवादी, रास्वपा, राप्रपासहितका दलसँग गरिएको सहकार्य अवसरवादको चरम नमुना भएको जिकिर गरे।
समयले नेतृत्व हस्तान्तरको माग गरिरहेको भन्दै उनले एमालेमा सामूहिक नेतृत्व अहिलेको आवश्यकता रहेको जिकिर गरे।
विष्टले भने, ‘नयाँ पुस्ताले हस्तक्षेप र प्रतिनिधित्व चाहेका छन्। ४० मुनिका तर्फबाट कोटा नै निर्धारण गरेर केन्द्रीय सदस्य बनाउन पहल गरिन्छ। विगतमा महाधिवेशनमा कोही प्राविधिक रूपमा पराजित भए उनीहरूले पनि जिम्मेवारी पाउनेछन्। आग्रह र पूर्वाग्रहको व्यवहार हुनेछैन।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया