बिएल संवाददाता
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनमा केपी ओली अध्यक्षको दाबेदारीबाट पछि हटे आफू पनि पछि हट्ने संकेत गरेका छन्।
बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा पोखरेलले महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना अझै रहेको बताएका हुन्।
त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलले बताए।
‘सहमति हुनसक्छ। तर अहिलेको सन्दर्भमा हामीले भनेका छौं– पार्टी अध्यक्ष केपी ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने। उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ। अरु हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन।’
सम्पादकले तपाईं बाहेक अरुमा सहमति गर्न तयार हो? भनेर सोधेको प्रश्नमा पोखरेलले ओली हटेर अरूलाई अघि सारे आफ्नो विमति नरहने स्पष्ट पारे।
११औं महाधिवेशनमा संस्थापनबाट अध्यक्ष ओली र इतरबाट वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन्।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया