बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिक चरित्र, आन्तरिक प्रक्रिया तथा राष्ट्रिय राजनीति सम्बन्धी आफ्नो धारणा राखेका छन्।
बिहीबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले एमालेप्रति बाहिर विशेषगरी विपक्षी पक्षले गलत धारणा निर्माण गरेको आरोप लगाए।
उनले भने, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो। एमालेको सम्बन्धमा नेपालमा एउटा आम नीति बनेको छ करौंतीजस्तो, यता तान्दा पनि काट्छ, पछाडि धकेल्दा पनि काट्छ, अगाडि तान्दा पनि काट्छ। हामी दबावयुक्त सहमति होइन, दबावबिनाको स्वच्छ सहमतिको पक्षमा छौँ। पार्टीको महाधिवेशन यथास्थितिका लागि होइन, फेरबदलका लागि हो।’
ओलीले राष्ट्रहित, सुशासन र विकासका एजेन्डामा एमाले स्पष्ट रहेको बताए। उनले भने, ‘हामी यो देशको रक्षा, राष्ट्रिय हित, सुशासन र विकासको लागि, लोकतन्त्र र त्यसलाई आवश्यक प्रणाली अन्तर्गत लैजानुपर्छ भनेर मान्छौँ। त्यसमा नेतृत्व र अनुशासनको कुरा स्वाभाविक रूपमा उठ्छ। हामीले धेरै राजनीतिक उतारचढाव देखेका छौँ।’
वर्तमान सत्ता–व्यवस्थालाई फेद् न टुप्पोको भन्दै उनले तालमेल कमजोर रहेको आरोप लगाए । उनले मिडिया ट्रायल प्रचलन बढेको भन्दै एमाले अनावश्यक विवाद सिर्जना गरेर प्रचार केन्द्र बन्न नचाहने बताए।
ओलीले भने, ‘जताततै मिडिया ट्रायल हुने गरेको छ। यस्तोबेला नेकपा एमाले सफलताका साथ र प्रतिबद्धताका साथ अगाडि बढ्नु हेडलाइन नहुनपनि सक्छ। तर एमालेले हेडलाइन बनाईदिनका लागि कुनै कुकुरको खुट्टा टोक्न जानेवाला छैन। हामीले राजनीतिक धेरै उतारचढावहरू देखेका छौँ। अब यो फेद् न टुप्पोको सरकारको तालमाल पनि देखिरहेका छौँ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया