
बिएल संवाददाता
सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल विभाजन भएकाे छ।
आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ।
आगामी जेठ २७ गतेदेखि जनकपुरमा अधिवेशन गर्ने निर्णय गरेर पार्टी अध्यक्ष यादव अमेरिका उडेका थिए। उनी नेपाल नफर्किँदै पार्टी फुटेकाे हाे।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया