शनिबार, १३ डिसेम्बर २०२५

सल्लाघारीको भिड देखेर ओली दंग, भन्छन्ः यो जनसागर हेरेर ढुक्कले भन्छु– एमाले अजम्बरी छ

News Image
• • •

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि पुराना पार्टी सकिए भन्ने भाष्य बनाइएकोप्रति असन्तुष्टि पोखेका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरे।

‘जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो। आतताहीबाट जलाइएको थियो। जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको थियो। एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो। पुराना पार्टी सकिए, पूराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो,’ ओलीले भने।

ओलीले थपे, ‘जुन यो जनसागर यहाँ ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ। नेकपा एमाले अजम्बरी छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!