शनिबार, १३ डिसेम्बर २०२५

सुर्खेत पुगेका बामदेवले भनेः विगतमा काम गर्न नसकेकोमा ६४ लाख घर पुगेर माफी माग्छौं,

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले पार्टीका नेताहरूलाई भाषण गरेर हिँड्ने मात्रै नभई जनताको घरदैलोमा पुगेर माफी माग्न आग्रह गरेका छन्।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताए।

उनले भने, ‘हाम्रो देशमा अहिले ६४ लाख घर परिवार छन्। यी नै परिवारमा २ करोड ९२ लाख जनसङ्ख्या रहन्छन्। ६४ लाख परिवारमा पुग्नै पर्छ, गएर माफी माग्नै पर्छ।’

विगतमा पटकपटक सत्तामा जाँदा चाहेर पनि धेरै काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका नेता गौतमले नेपाली कम्युनिष्ट पार्टीले समाजवाद निर्माण गर्न नसके आफूहरू जेलमा कोचिन तयार रहेको बताए।

‘विगतमा म तीन पटक उपप्रधान तथा गृहमन्त्री भएँ। तर नेपाल विकसित हुन सकेन। त्यसैले म आत्मालोचना गर्छु। सरकारमा रहँदा जति गर्नुपर्ने थियो, त्यति मैले गरिन्’ उनले भने ‘हामी सत्तामा हुँदा भनेअनुसार काम गर्न नसकेकै हो। त्यस प्रति हामी आत्मालोचना गर्दछौँ। तपाईंहरूसँग माफी माग्छौ। भविष्यमा त्यो गल्ती नदोहोर्‍याउने वाचा गर्छौं।’

गौतमले ३ लाख शक्ति भएको आईटी आर्मी बनाएर पार्टीविरुद्ध बोल्नेहरूमाथि प्रहार गर्ने बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!