बिएल संवाददाता
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले एमालेको ११औं महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भएको बताएकी छन्।
उनले यो महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताइन्।
झाँक्रीले महाधिवेशनले युवाहरूलाई नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास गरिन्।
उनले भनिन्, ‘यो महाधिवेशनले बहुसंख्यक युवाहरूलाई पार्टीमा नेतृत्वतर्फ ल्याउने पहल विधिबाट हुनेछ। वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन्। उहाँलाई एकपटक विश्वास गरौँ।’
उनले नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढिरहेको बताइन्।
‘यो महाधिवेशनले सबैमा आशा, उत्साह र जीवनको सम्पूर्ण विश्वासलाई पुनर्जीवित गरेको छ। नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढाइरहेको छ। यसै कारण महाधिवेशन राष्ट्रिय महोत्सव हो।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया