बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनको बन्दसत्र सुरु हुनु केही घण्टाअघि फेरि विधान संशोधन गरेका छन्।
११औं महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।
अध्यक्ष ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्याउने निर्णय गरेको छ। गत भदौमा गोदावरीमा भएको विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ कायम गरेको थियो।
विद्या पक्षमा खुलेका ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खोस्न ओलीले पद नै खारेज गरिदिएका थिए। तर, ईश्वर समूह आफ्नो समूहविरुद्ध चुनावमा उठ्ने निश्चित भएपछि आफूनिकट नेताहरूलाई व्यवस्थापन गर्न पद थपेर १९ सदस्यीय बनाएका छन्।
ओलीले जेनजी आन्दोलनपछिको अवस्था देखाउँदै विधान संशोधन गरेका हुन्।
अब १९ सदस्यीय पदाधिकारीमा एक अध्यक्षसहित उपाध्यक्ष ५ जना, महासचिव एक जना, उपमहासचिव ३ जना र सचिव ९ जना रहने छन्। वरिष्ठ उपाध्यक्ष पद भने खारेज भएको छ।
त्यस्तै स्थायी कमिटी ४५ सदस्यीय र पोलिटव्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया