बिएल संवाददाता
नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि ४ दशमलब ९८ प्रतिशत कोटा छुट्याएको छ।
एमलेले आइतबार विधान संशोधन गरी ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ। जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन्। सात प्रदेशबाट सात र उपत्यकाबाट एक गरी ८ युवा सदस्य आउनेछन्।
त्यस्तै खुला कोटामा युवाका लागि २, जनजाति आदिवासीतर्फ युवा २, मधेशीतर्फ युवा २ र दलिततर्फ १ युवा निर्वाचित हुनेछन्। यसरी ३०१ सदस्यीय केन्द्रीय समितिमा १५ जना युवा सदस्य हुनेछन्।
गत शुक्रबारको सचिवालय बैठकमा एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेका थिए। योगेशको प्रस्ताव ठाडै अस्वीकार गरेका ओलीले १५ प्रतिशतको ठाउँमा १५ जना युवाको कोटा छुट्याइदिएका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया