
बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।
पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन्। केन्द्रीय अध्यक्षमा अशोक राई रहने पार्टी संरचना रहेको छ। केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशील हुने बताइएको छ।
पार्टीको सह-अध्यक्षमा रेणु यादव रहनेछिन्। उपाध्यक्षमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना रहेका छन्।
महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनेछन्।
विभाजित पार्टीमा संघीय संसदका सात जना सांसद छन्। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा जाने बताइएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया