बिएल संवाददाता
ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा एमाले केन्द्रीय सदस्यको उम्मेद्वार बनेकी छन्।
एमालेको जारी ११औं महाधिवेशनमा केपी ओली प्यानलबाट थापाले खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी हुन्।
२९ वर्षीया थापा अखिलको सक्रिय राजनीतिमा रहँदै गत स्थानीय तहमा निर्वाचित कान्छी प्रतिनिधि बनेकी थिइन्। तर एमाले महाधिवेशन प्रतिनिधिमा हारेकी उनी ओलीको आशीर्वादमा केन्द्रीय सदस्यमा उम्मेद्वार बनेकी हुन्।
‘बा’ अभियानकी अभियन्तासमेत रहेकी थापा भर्खरैको महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित भएकी थिइन्। उनीसहित आफूनिकट प्रतिनिधिहरू पराजित भएपछि ओलीले निर्वाचन परिणाम अस्वीकार गर्दै सहमतीको नाममा उनीसहित नेताहरूलाई प्रतिनिधि बनाएका थिए।
अखिलका सिनियर नेताहरूलाई साइड लगाउँदै ओलीले उनै जुनियर थापालाई केन्द्रीय सदस्यको उम्मेद्वारमा सिफारिस गरेका हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया