बिएल संवाददाता
ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा एमाले केन्द्रीय सदस्यको उम्मेद्वार बनेकी छन्।
एमालेको जारी ११औं महाधिवेशनमा केपी ओली प्यानलबाट थापाले खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी हुन्।
२९ वर्षीया थापा अखिलको सक्रिय राजनीतिमा रहँदै गत स्थानीय तहमा निर्वाचित कान्छी प्रतिनिधि बनेकी थिइन्। तर एमाले महाधिवेशन प्रतिनिधिमा हारेकी उनी ओलीको आशीर्वादमा केन्द्रीय सदस्यमा उम्मेद्वार बनेकी हुन्।
‘बा’ अभियानकी अभियन्तासमेत रहेकी थापा भर्खरैको महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित भएकी थिइन्। उनीसहित आफूनिकट प्रतिनिधिहरू पराजित भएपछि ओलीले निर्वाचन परिणाम अस्वीकार गर्दै सहमतीको नाममा उनीसहित नेताहरूलाई प्रतिनिधि बनाएका थिए।
अखिलका सिनियर नेताहरूलाई साइड लगाउँदै ओलीले उनै जुनियर थापालाई केन्द्रीय सदस्यको उम्मेद्वारमा सिफारिस गरेका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया