बिएल संवाददाता
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी ओलीकै पक्षमा उभिएका छन्।
सोमबार महासचिवमा उम्मेद्वारी दर्ता गर्ने तयारी गरेका ज्ञवालीलाई ओलीले नपत्याउँदा रुँदै रुँदै भृकुटीमण्डपबाट बाहिरिएका थिए। ओलीले हालका महासचिव शंकर पोखरेललाई नै महासचिवमा अगाडि सारेका छन्।
मंगलबार दिउँसो ४ बजेबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। उक्त निर्वाचनमा ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन उनले अपिल गरेका छन्।
उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको बताएका छन्।
उनले लेखेका छन्, ‘नेकपा (एमाले)को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु।’
साथै, उनले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उमेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे।
‘म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु,’ उनले थप लेखेका छन्, ‘यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु। कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया