मङ्गलबार, १६ डिसेम्बर २०२५

ओली समूहका दुई नेताको उम्मेद्वारी खारेज

News Image
• • •

नेकपा एमालेको ११औं महाधिवेशनमा दुई नेताको उम्मेद्वारी खारेज भएको छ।

एमालेको निर्वाचन आयोगले नेताहरू पासाङ शेर्पा र धर्मलाल गिरीको केन्द्रीय सदस्य पदको उम्मेद्वारी खारेज गरेको हो।

शेर्पाविरुद्ध बहुविवाहको मुद्धा लागेको थियो। यद्यपि उनले जिल्ला अदालत काठमाडौंको फैसलाअनुसार सजाय भुक्तान गरिसकेका थिए।

अर्का उम्मेदवार गिरीले भने फरक भूगोलबाट आरक्षण कोटामा उम्मेदवारी दिएका कारण खारेज भएको निर्वाचन आयोगले जनाएको छ।

उम्मेद्वारी खारेज हुने दुवै नेता अध्यक्ष केपी ओली समूहका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!