बिएल संवाददाता
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।
उनलाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले बताए।
धनकुटा पाख्रिपास नगरपालिका ९ घर भएका उनी हाल बूढानीलकण्ठ नगरपालिका ११‚ कपन बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा २०७५ सालमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्धामा फरार रहेका लामालाई मंगलबार पक्राउ गरिएको सीआईबीले जनाएको छ।
उनी कुमार, देवराज लामा र विश्वक्रान्ति उपनामले चिनिन्थे।
सीआईबीका अनुसार लामा १५ फागुन २०६८ मा काठमाडौं बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको घटनामा संलग्न थिए।
उक्त बिस्फोटमा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो। घटनामा सोमबहादुर तामाङ घाइते भएका थिए।
लामा कर्तव्य ज्यानमुद्धामा १२ असार २०६९ मा पक्राउ परेका थिए। उक्त मुद्धामा लामा नख्खु कारागार चलान भएका थिए।
तर, उनलाई ७ फागुन ०७६ को प्रजातन्त्र दिवसमा तत्कालिन सरकारले जेलमुक्त गरिदिएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया