बिएल संवाददाता
एमालेको पक्षमा खुलेरै लागेकी गायिका ज्योति मगर यतिबेला भृकुटीमण्डपमा नेताहरूलाई भोट माग्न व्यस्त छिन्।
ज्योतिले एमाले केन्द्रीय कमिटी सदस्यमा उम्मेद्वारी दिएका तनहुँका एमाले नेता पूर्णबहादुर गुरुङको पक्षमा प्राथमिकता दिएरै भोट मागिरहेकी छन्।
धेरैलाई चासो छ ज्योतिले भोट मागिरहेका उनै एमाले नेता पूर्णबहादुर गुरुङ को हुन्?
तनहुँका हाेनहार नेता पूर्णबहादुर गुरुङ ४ वर्षअघि कांग्रेसमा थिए। तरुण दलबाट उदाएका उनी कुनै समय तत्कालिन गृहमन्त्री खुमबहादुर खड्का निकट मानिन्थे। उनको निधनपछि पूर्णबहादुर कांग्रेसकै अर्का प्रभावशाली नेता पूर्णबहादुर खड्का र कांग्रेस तनहुँका हिन्दुवादी नेता शंकर भण्डारीको समिपमै थिए।
उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार बनेर पराजित भएका थिए।
२०७९ को आम निर्वाचनको दुई महिनाअघि मात्रै एमालेमा भित्रिएका थिए। एमाले अध्यक्ष ओलीको तत्कालिन बालकोट निवासमा ओलीसहित उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी प्रवेश गराएका थिए।
लगतै ०७९ मंसिरको निर्वाचनमा एमालेबाट तनहुँ–१ (ख)बाट चुनाव पनि लडेका थिए। उनलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी भित्र्याउँदै टिकट दिलाएका थिए। यद्यपि पूर्णबहादुर तत्कालिन माओवादी नेता हरिबहादुर चुमानसँग हारेका थिए।
मनोरञ्जन क्षेत्रमा समेत जमेका उनले सुन्धारामा दोहोरी साँझसमेत चलाउँथे। उनी विदेशमा नेपाली कलाकारहरूलाई लगेर इभेन्टहरू पनि आयोजना गर्थे। ज्योति र गुरुङको सम्बन्ध कलाकारिताकै माध्यमबाट जोडिएको थियो।
गुरुङलाई केपी ओलीले ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका थिए। उनै गुरुङ एमालेको केन्द्रीय सदस्यको उम्मेद्वार छन्।
उनको पक्षमा भोट माग्न ज्योति मगर यतिबेला भृकुटीमण्डपमा जमेकी छन्। ज्योति ०७९ को निर्वाचनमा पनि प्रदेश सभामा उठेका गुरुङका पक्षमा भोट माग्न तनुहँ पुगेकी थिइन्।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया