बिएल संवाददाता
जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू संस्थापन (उपेन्द्र यादव) पक्षमै रहेको प्रष्ट पारेका छन्।
राज्यमन्त्री कार्कीको निजी सचिवालयले साेमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेको बताएको हो।
‘माननीय राज्यमन्त्री दिपक कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँ जनता समाजवादी पार्टी, नेपाल संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भने झैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।
जसपाका सात सांसदले साेमबार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका थिए। नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका हुन्। साे समूहमा कार्कीको समेत नाम राखिएकाे थियाे। आफ्नाे नाम राखिएकाे प्रति आपत्ति जनाउँदै कार्कीको सचिवालयले प्रष्टीकरण दिएकाे हाे।

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया