बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको प्रशंसा गरेका छन्।
थुनामुक्त भएपछि पहिलोपटक चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा चुनाव कुर्दै बसेको बेला जेनजीले चुनावअघि नै बजाइदिएको भन्दै प्रशंसा गरेका हुन्।
उनले भने, ‘म जेनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु, हामीले त चुनाव कुरेका थियौं, तपाईंहरूले चनुाव सुनाव कुर्नुभएन। बजाइदिनुभयो।’
लामिछानेले आफूमाथि अघिल्लो सरकारले प्रतिशोध साँधेको भन्दै आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विषय लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी गरे।
उनले जेनजीहरूको रगतको थोपा बगेर जान नदिने प्रतिवद्धता गरे।
‘आज पर्यन्त अन्यायका विरुद्धमा चितवनबासीले अझै पनि अन्यायका विरुद्ध यहीँबाट उठ्न, यो गुन तपाईंहरूले मलाई मात्रै होइन देशका लागि लगाउनुभएको छ । देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु,’ लामिछानेले भने, ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ। म यो विषय लिएर पनि लड्छु। जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ।’
त्यस्तै उनले पुराना नेताहरूले देशलाई दिएको दुःखको अगाडि आफूले पाएको दुःख तुलना नहुने बताए।
‘यिनले मलाई अन्याय गरे मलाई थुने, दुख दिए भनेर के चित्त दुखाउनु। सिंगो देशलाई दुख दिएका छन्। सिंगो देशको अगाडि मलाई दिएको दुख केही होइन। सिंगो देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउनु छ। यिनीहरूसँग लड्नु र बदला लिन कुनै जरुरी छैन,’ लामिछानेले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया