बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विचार मिल्ने र वैकल्पिक शक्तिहरूको एकताका लागि आफू सभापति त्याग्न तयार रहेको स्पष्ट पारेका छन्।
धरौटीमा थुनामुक्त भएपछि चितवनमा पहिलो सभालाई सम्बोधन गर्दै उनले मिल्नुपर्नेहरू अन्तिममा मिलेरै अघि बढने स्पष्ट पार्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।
लामिछानेले भने, ‘मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही। मलाई केही पनि चाहिएको छैन। पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस्। झण्डा चाहिन्छ, लैजानुस्। पार्टी अफिस चाहिन्छ, लैजानुस्। सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस्। देश बन्नुपर्यो व्यक्तिको कुनै ठूलो कुरो होइन।’
उनले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको उल्लेख गर्दै पुस्ताको लागि कोहि मिल्न आए आफूले त्याग गर्ने लिस्टमा आफ्नो नाम चढाइसकेको बताए।
उनले एउटा चुनावका लागि मात्रै मिल्न खोजेको भए मिल्न नसकिने स्पष्ट पारे।
‘यो मिल्ने भन्ने कुरो, एउटा चुनावका लागि होइन। म एउटा चुनावका लागि राजनीतिमा आएको होइन। एउटा पुस्ताका लागि आएको हुँ। त्याग गर्ने पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। पुस्ताको लागि मिल्ने हो भने रवि लामिछानेले त्याग गर्छ, एउटा चुनावको लागि हो भने आई एम सरी,’ लामिछानेले भने।
उनले विचार मिल्नेहरूसँग एकताका लागि रास्वपा नेताहरू संवादमै रहेको र ठोस निष्कर्षपछि मात्रै एकता हुने बताए।
‘मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं। हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ। मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन,’ लामिछानेले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया