बिएल संवाददाता
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका हुन्। उनले उक्त आन्दोलनले राजनीतिक वृत्तमा ‘सच्चिने वा सक्किन तयार रहने’ भन्ने बलियो सन्देश दिएको बताए।
उनले भने, ‘गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनले नितान्त नयाँ राजनीति परिस्थिती सिर्जना गरेको छ। त्यसले राजनीतिक वृत्तमा राजनीतिक दलहरुलाई कि सच्चिने प्रण गर या त सकिन्न तयार हौं भन्ने एउटा बलियो सन्देश २३ गतेको जेनजी युवाहरुको आन्दोलनले दियो।’
दाहालले जेनजी युवाहरूले सुशासनको पक्षमा, भ्रष्टाचारको विरोधमा तथा ‘सामाजिक सञ्जालमा कुनै प्रकारको प्रतिबन्ध नलगाइयोस् र नागरिक स्वतन्त्रता कुण्ठित नहोस्’ भन्ने मागसहित आवाज उठाएको उल्लेख गरे। तर ती मागका पक्षमा आवाज उठाएकै कारण दर्जनौं युवाले ज्यान गुमाउनुपरेको उनले बताए।
उनले भने, ‘जेनजी युवाहरू जसले शुसासनको पक्षमा र भ्रष्टाचारका विरुद्ध जसले स्वतन्त्रताका पक्षमा सोसल मिडियामा कुनै खालको प्रतिबन्ध नहोस् र हाम्रो स्वतन्त्रता कुण्ठित नहोस् भन्नको निम्ती आवाज उठाएका थिए। तर त्यो आवाज उठाएकै कारण दर्जौंनौं शहीद हुन पुगे।’
उनले जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा दुई परस्परविरोधी धार देखिएको पनि बताए। एक धारले युवाहरुलाई अपमान गर्ने, उनीहरूले उठाएका आवाजलाई गलत ढंगले व्याख्या गर्ने र आतंककारीसम्मको आरोप लगाउने प्रवृत्ति देखाएको दाहालको भनाइ थियो। अर्कोतर्फ, युवाहरूले उठाएका माग जायज रहेको स्वीकार गर्दै ती माग पूरा गरिनुपर्ने र युवाहरूको पहलको सम्मान गर्नुपर्ने विचारधारा पनि रहेको उनले स्पष्ट पारे।
उनले भने, ‘युवाहरूको पहलकदमीलाई सम्मान गर्ने, शुसासनका पक्षमा बगेको रगतलाई सम्मान गर्ने एउटा विचार एउटा प्रवृत्ति नेपालमा रहेको छ भने अर्को विचार र प्रवृत्तिलाई नकारात्मक रुपले टिप्पणी गर्ने र त्यसलाई बद्नाम गर्ने अर्को प्रवृत्ति रहेको छ।’
दाहालले सुशासनका पक्षमा बगेको रगत र युवाहरूको योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै नकारात्मक टिप्पणी र बदनाम गर्ने प्रवृत्तिको आलोचना गरे।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया