बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका सहिद परिवारसँग भेटवार्ता गरेका छन्।
शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवारसँग भेटघाट गरेका हुन्। भेटका क्रममा उनले सहिद परिवारप्रति सम्वेदना व्यक्त गरे।
लामिछानेले आन्दोलनका क्रममा भएको घटनालाई अन्याय र दमनको संज्ञा दिँदै भने, ‘उहाँहरूमाथि भएको अन्याय र दमन हत्या हो, यो आमहत्या हो। सहिद परिवारले न्याय नपाउँदासम्म म उहाँहरूको साथमा रहिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’
उनले सरकारको भूमिकाप्रति पनि टिप्पणी गर्दै सुशासन कायम गर्न आवश्यक परे सरकारलाई साथ दिन आफूहरू तयार रहेको बताए। उनले जेनजी सहिद परिवारलाई भेट्न आएको आगन्तुक फाइलमा हस्ताक्षर गर्न मानेनन्। आफू आगन्तुक नभइ परिवार भन्दै उनले आफू आइरहने प्रतिवद्धता गरे।
कारागारबाट हिजो मात्रै रिहा भएका उनी चितवनबाट केही बेरअघि काठमाडौं आइपुगेका थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया