शनिबार, २० डिसेम्बर २०२५

रविले भेटे जेनजी सहिदका परिवार, न्याय नपाएसम्म साथ रहने प्रतिवद्धता

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका सहिद परिवारसँग भेटवार्ता गरेका छन्।

शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवारसँग भेटघाट गरेका हुन्। भेटका क्रममा उनले सहिद परिवारप्रति सम्वेदना व्यक्त गरे।

लामिछानेले आन्दोलनका क्रममा भएको घटनालाई अन्याय र दमनको संज्ञा दिँदै भने, ‘उहाँहरूमाथि भएको अन्याय र दमन हत्या हो, यो आमहत्या हो। सहिद परिवारले न्याय नपाउँदासम्म म उहाँहरूको साथमा रहिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

उनले सरकारको भूमिकाप्रति पनि टिप्पणी गर्दै सुशासन कायम गर्न आवश्यक परे सरकारलाई साथ दिन आफूहरू तयार रहेको बताए। उनले जेनजी सहिद परिवारलाई भेट्न आएको आगन्तुक फाइलमा हस्ताक्षर गर्न मानेनन्। आफू आगन्तुक नभइ परिवार भन्दै उनले आफू आइरहने प्रतिवद्धता गरे।

कारागारबाट हिजो मात्रै रिहा भएका उनी चितवनबाट केही बेरअघि काठमाडौं आइपुगेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!