बिएल संवाददाता
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जेनजी पुस्ताले बन्दुकबिना पनि लडाई जित्न सक्ने कुरा साबित गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित जेनजीसँग विप्लव अन्तर संवाद कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताले मोबाइलमार्फत नै दुई दिनमा देशको राज्य सत्ता जरैबाट उल्टाइ दिएको भन्दै नयाँ पुस्ता शक्तिको पक्षमा उभिने आँट गर्यो भने लडाइ जित्न बन्दुक नचाहिने बताए।
उनले भने, ‘मान्छेले बन्दुक मात्रै ठूलो भन्छन् तर त्यो होइन। जनतालाई कुरा बुझाउन सक्यो भने जनताले साथ दियो भने र तपाईंहरू जस्तै नयाँ पुस्ताले शक्तिको पक्षमा उभिने आँट गर्यो भने बन्दुक चाहिँदैन, रहेछ मोबाइलले नै दुई दिनमा देशको राज्यसत्ता जरैबाट उल्टाइ दियो र तपाईंहरू सफल भएर आउनु भयो। यो साच्चिँकै महान कुरा हो।’
यस्तै, उनले कसैले पनि ढाल्न नसकेको संसदीय व्यवस्था र राज्यको कोषलाई मुठिभर शासकहरूले लुट मच्चाएर जनतालाई दमन गर्ने सरकारलाई जेनजी पुस्ताले ढालेको पनि बताए।
उनले भने, ‘आज भन्दा तीन महिना अगाडि जेनजी पुस्ताले कसैले पनि ढाल्न नसकेको संसदीय व्यवस्था, भ्रष्टहरूको केन्द्र, देशलाई लुटेर जुगा जस्तो मोटाएका शासकहरू हाम्रा जनतालाई ठगेर हाम्रो देशमा जम्मा भएको कोषलाई भ्रष्टाचार गरेर आफ्ना आसेपासेहरूलाई खुवाएर देशमा मात्र होइन विदेशमा पनि पैसा थुपारेर हाम्रो देशको नागरिकहरूले कर तिरेर जम्मा गरेको राज्यको कोषलाई मुठिभर शासकहरूले लुट मच्चाएर जनतालाई दमन गर्ने सरकारलाई ढालेको छ।’
केपी ओलीको सरकारले बोल्ने ठाँउ पनि नराखेर सामाजिक सञ्जाललाई बन्द गरेपछि भदौ २३ र २४ गतेको आन्दोलन भएको भन्दै त्यो आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाएको पनि उनको भनाइ छ।
उनले भने, ‘केपी ओलीको सरकारले बोल्ने ठाँउ पनि नराखेर सामाजिक सञ्जाललाई बन्द गरिदियो, भ्रष्टाचार र दमनले जनताहरू समस्यामा परिरहेको बेला सामाजिक सञ्जालमा बोल्न पनि बन्द गर्ने निर्णय गरेपछि भदौ २३ र २४ गतेको आन्दोलन भयो। त्यो आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो।’
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया