बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आवेदन दिएकी राज्यलक्ष्मी गोल्छाको नाम सूचीबाट हटाउने भएको छ।
शनिबार भएको ‘आकांक्षीहरूसँगको छलफल’ मा सहभागी नभएपछि उनी रास्वपाको प्राइमरी इलेक्सनको प्रतिस्पर्धाबाट बाहिरिने भएकी हुन्।
रास्वपाको समानुपातिक उम्मेदवार बन्न कोशीबाट ६० जना आकांक्षीहरू थिए। जसमा यसअघि एमालेबाट समानुपातिक सांसद बनेकी गोल्छा पनि आकांक्षी थिइन्। उनले आवेदन दिएदेखि नै रास्वपा विवादमा फसेको थियो। तर, उनी छलफलमा सहभागी नभएपछि उनको नाम हटाइन लागेको हो।
कोशीका उम्मेदवारहरूसँग छलफलका लागि विपिनकुमार आचार्य, निशा डाँगी, अशोककुमार चौधरी र सरिन तामाङ सहजकर्ताको भूमिकामा छन्।
रास्वपाले विशेष अवस्थामा उम्मदवारले जानकारी गराएर सचिवालयले अनुमोदन गरेको हकमा बाहेक पार्टीको छलफलमा भाग नलिने व्यक्तिहरूको उम्मेदवारी स्वतः खारेज हुने प्रावधान ल्याएको छ।
जसअनुसार पार्टीलाई जानकारी नगराइ छलफलमा अनुपस्थित रहेकी गोल्छाको नाम स्वतः खारेज हुने भएको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया