बिएल संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन्।
शनिबार बुटवलमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले कार्यक्रमको अस्तव्यस्तताप्रति असन्तुष्टि जनाउँदै मञ्चबाटै विरोध जनाएका थिए।
आयोजकको विरोध गरेको भन्दै हर्कले परियारमाथि कारबाहीको डण्डा चलाएका हुन्।
हर्कले सामाजिक सञ्जालमार्फत परियारलाई कारबाही गरिएको जानकारी गराउँदै भने, ‘श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन। उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिए सम्म कार्यवाही गरिएको जानकारी गराउँदछु। जय सुशासन।’
उपाध्यक्ष परियार बोलिरहेका बेला हर्क साम्पाङ मञ्चको तलतिर पार्टी प्रवेश गर्नेहरूलाई टीका लगाइरहेका थिए। परियारले आफू पनि उपाध्यक्ष भएकोले आफ्नो भनाइ पनि सुनिनुपर्ने र अन्यत्र ध्यान मोड्न नहुने भन्दै सचेत गराएका थिए।
‘कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ, ध्यान यता मन यता हुन सक्दैन। म केन्द्रीय उपाध्यक्ष हो। म पनि बोल्न पाउनुपर्छ। ध्यान अन्त मोड्न हुँदैन।’
परियारले सार्वजनिक मञ्चबाटै आफू र आयोजकको विरोध गरेपछि रुष्ट साम्पाङले उपाध्यक्षमाथि नै अनुशासनको डण्डा चलाए।
यो एक साताभित्रै दुई उपाध्यक्षमाथिको कारबाही हो। यसअघि
विस्फोटक पदार्थसम्बन्धी मुद्धामा पक्राउ परेका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई हर्कले कारबाही गरिसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया