आइतबार, २१ डिसेम्बर २०२५

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

News Image
• • •

रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सरकारी निवास बालुवाटार जाने भएका छन्।

आइतबार साँझ साढे ६ बजे प्रधानमन्त्रीसँग भेटवार्ताको समय तय भएको रास्वपा स्रोतले बतायो।

लामिछाने यतिबेला पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेर केहीबेरमै प्रधानमन्त्री कार्यालय जाँदैछन्।

शुक्रबार थुनामुक्त भएका लामिछाने शनिबारदेखि नै राजनीतिक गतिविधिमा सक्रिय भएका छन्।

शनिबार चिवतनमा सम्बोधन गरेर काठमाडौं आइपुगेका लामिछानेले काठमाडौं उत्रिने बित्तिकै जेनजी आन्दोनलका सहिदका परिवारसँग भेट गरेका थिए।

आइतबार साढे ८ महिनापछि घण्टीघर फर्किएका लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!