बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सरकारी निवास बालुवाटार जाने भएका छन्।
आइतबार साँझ साढे ६ बजे प्रधानमन्त्रीसँग भेटवार्ताको समय तय भएको रास्वपा स्रोतले बतायो।
लामिछाने यतिबेला पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेर केहीबेरमै प्रधानमन्त्री कार्यालय जाँदैछन्।
शुक्रबार थुनामुक्त भएका लामिछाने शनिबारदेखि नै राजनीतिक गतिविधिमा सक्रिय भएका छन्।
शनिबार चिवतनमा सम्बोधन गरेर काठमाडौं आइपुगेका लामिछानेले काठमाडौं उत्रिने बित्तिकै जेनजी आन्दोनलका सहिदका परिवारसँग भेट गरेका थिए।
आइतबार साढे ८ महिनापछि घण्टीघर फर्किएका लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया