बिएल संवाददाता
आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरिरहेको छ।
तर, महामन्त्री गगन थापाको नाम एकभन्दा बढी जिल्लाबाट सिफारिस भएपछि कांग्रेसभित्रै विवाद सुरु भएको छ। अझ तेह्रथुमबाट गगनको एकल नाम सिफारिस भएपछि झनै असन्तुष्टि चुलिएको छ।
क्षेत्र र जिल्लाबाट गगनको नाम एकल सिफारिस भए पनि कोशी प्रदेश समितिले उनीसँगै निवर्तमान सांसद सीता गुरुङको नाम थपेर केन्द्रमा पठाएको छ। उनी विघटित प्रतिनिधि सभामा तेह्रथुमबाट निर्वाचित भएकी थिइन्।
कांग्रेसकै कतिपय नेताहरूले गगन निकटहरूले एकपछि अर्को जिल्लाबाट सिफारिस गरेर ‘स्टन्ट’ गरिरहेको आरोप लगाएका छन्।
जुन क्षेत्रबाट उठ्ने हो त्यही क्षेत्रबाट सिफारिस हुनुपर्यो नि? अनावश्यक स्टन्टबाजीले पार्टीलाई नै राम्रो गर्दैन। अझ गत निर्वाचनमा सीता गुरुङलाई हराउनै लागि परेकाहरू सक्रिय भएको पाइयो,’ तेह्रथुम जिल्ला कार्यसमितिका एक पदाधिकारीले भने।
सीता गुरुङको सिफारिस जिल्लाबाट रोक्न अनुशासनको कारबाहीमा परेका पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको उनको दाबी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया