बिएल संवाददाता
एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने बरु गोली खान तयार रहेको बताएका छन्।
हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा निमेश बन्जाडेसँगको अन्तर्वार्तामा ओलीले आफू बयानका लागि तयार नरहेको स्पष्ट पारेका हुन्।
जाँचबुझ आयोगले केही दिनबाट राजनीतिक नेतृत्वहरूको बयान लिने तयारी गरेसँगै ओलीले आफू बयानका लागि तयार नरहेको बताएका हुन्।
भदौ २३ को जेनजी आन्दोलनमाथि दमन भएको घटनामा तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसँग आयोगले बयान लिने तयारी गरेको छ।
बयान दिन नआए आवश्यक समन्वयका लागि आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आग्रह गरिसकेको छ।
‘बयान यदि मान्नु भएन भने चाहिँ ‘हामी यसरी गरेर भएपनि ल्याउँछौ, त्यसरी गरेर भएपनि ल्याउँछौं’ भन्ने भाषा छ सरकार पक्षबाट आइरहेको छ नि भन्ने बन्जाडेको प्रश्नमा ओलीले भने, ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने…। यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली। उहाँहरूसँग छ नि त बन्दुक। के सानातिना कुरा गरिराख्या? भएन भने आजीवन थुन्दिने, बयान नगरेबापत।’
उनले बयानका लागि भन्दै जाँचबुझ आयोग आफ्नै घरमा आए आफूले चिया खुवाएर पठाउने उल्लेख गरे।
उनले भने, ‘मैले कति पल्ट भन्नु, बयान दिनु पर्ने छैन। तपाईंले रिजल्ट निकालिसक्नु भयो, फेरि जाँच म किन दिने? त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन। मेरो कुराकानी हुन्छ। कुरा हुन्छ। बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र?’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया