बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन्।
आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धिहरू सावर्जनिक गरेका हुन्।
प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको जानकारी गराए।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकेर अनलाइन सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरू सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको उनले बताए।
उनले भने, ‘आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको छ।’
त्यस्तै स्वर्गीय पत्रकार सुरेश रजतको सहीद घोषणा गरिएको, गोरखापत्रमा भाषा थपगरी ४६ भाषाको समाचार तथा लेख रचना प्रकाशन सुरु भएको उनले बताए।
उनले आफूले सय दिनमा उल्लेखनीय काम गरेको दाबी समेत गरेका छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया