बिएल संवाददाता
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वकीय सचिव राजेश बज्राचार्यले यती समूहको कम्पनी तारा एयरको नाममा रहेको घर लिएको विषय स्वीकार गरेका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नका लागि निमेश बन्जाडेसँगको अन्तर्वातामा ओलीले यतिबाट घर लिए पनि भ्रष्टाचारको घर नभएको दाबी गरेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्य जोडिएका थिए।
सोही समयमा बज्राचार्यकी श्रीमती रश्मी शाक्यको नाममा बालकोटमा तारा एयर प्रालीको नाममा रहेको हाउजिङको घरजग्गा नामसारी भएको तथ्य खुलेको छ।
बजार मूल्य चार करोडमाथि पर्ने उक्त घरजग्गा मालपोत कार्यालयमा भने ९६ लाख रुपैयाँ मात्र देखाइएर पास गरेको खुलेपछि बाँकी रकम घुसवापत यतीले छुट दिएको सीआईबीको दाबी छ। रश्मीसँग सीआईबीले घर खरिद गर्दाको भुक्तानी र रकमको स्रोतको प्रमाण पेस गर्न समय दिँदा उनले प्रमाण पेस गर्न सकेकी छैनन्।
यतिबेला एमाले अध्यक्ष ओली उनको स्वकीय सचिवको परिवार जोगाउन गैरजिम्मेवार जवाफ दिँदै हिँडेका छन्।
ओली भन्छन्, ‘मेरो निकटको मान्छेलाई लाञ्छना लगाउँदा कमसेकम मलाई पनि बाछिटा पार्न सकिन्छ कि भनेर हो। अर्को कुरा म राम्ररी जान्दछु राजेशको बारेमा। बच्चादेखि मसँगै हुर्केको मान्छे हो। उनले कुनै अनियमितता, भ्रष्टाचार, घुसखोरी काण्ड गर्दैनन्।’
यतिसँग घर लिएको स्वीकार गर्दै ओलीले भने, ‘यतिसँग घर लिन पाइँदैन? बैंकमा भुक्तानी देखिएन, २/४/५/१० लाख गरेर दिएको कुरो सबै बैंकिङ कारोबार मात्रै हुँदैनन्। त्यतिबेर पनि थिएन। यो सबै प्रायोजित हो। यो सरकारले उसले रिस उठेको मान्छेमाथि के मात्र गर्दैन? अनुसन्धान गरे भइहाल्यो नि।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया