बिएल संवाददाता
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले रास्वपा सभापति रवि लामिछानेलाई थुन्न र रिहा गर्न आफ्नो भुमिका नरहेको प्रष्टीकरण दिएका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नका लागि निमेश बन्जाडेसँगको अन्तर्वातामा ओलीले रविको विषयमा आफ्नो कुनै भुमिका नरहेको स्पष्ट पारेका हुन्।
ओलीले रविलाई छोड्ने फैसलाप्रति असन्तुष्टिको संकेत गर्दै न्यायाधीशहरूको योग्यतामाथि प्रश्न उठेको आफूले सुनेको बताए।
‘यो फैसला गर्ने न्यायाधीशले निराधार फैसला गर्यो, त्यसकारण न्यायाधीशको योग्यतामाथि प्रश्न उठ्यो भनेर केही मान्छेहरूले प्रश्न उठाएको र मुद्धा जान्छौं भनेको सुनेको थिएँ। अलिकति विवादास्पद चैं रहेछ क्यारे यो रिहाइ। यसै त राजनीतिमा हरेक कुरा विवादास्पद हुने गर्छ। तर, यसमा मेरो कुनै प्रकारको संलग्नता नरहेको हुँदा केही भनिरहनु आवश्यक ठान्दिनँ,’ उनले भने।
आगामी दिनमा रविसँगको सम्बन्ध कस्तो होला? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले रवि लामिछानेलाई गुन लगाएको थिए। उनले मसँग अनावश्यक दुश्मनी गरे। किन गरे थाहा छैन भेट भएको बेला सोध्छु।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया