बिएल संवाददाता
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले रास्वपा सभापति रवि लामिछानेलाई थुन्न र रिहा गर्न आफ्नो भुमिका नरहेको प्रष्टीकरण दिएका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नका लागि निमेश बन्जाडेसँगको अन्तर्वातामा ओलीले रविको विषयमा आफ्नो कुनै भुमिका नरहेको स्पष्ट पारेका हुन्।
ओलीले रविलाई छोड्ने फैसलाप्रति असन्तुष्टिको संकेत गर्दै न्यायाधीशहरूको योग्यतामाथि प्रश्न उठेको आफूले सुनेको बताए।
‘यो फैसला गर्ने न्यायाधीशले निराधार फैसला गर्यो, त्यसकारण न्यायाधीशको योग्यतामाथि प्रश्न उठ्यो भनेर केही मान्छेहरूले प्रश्न उठाएको र मुद्धा जान्छौं भनेको सुनेको थिएँ। अलिकति विवादास्पद चैं रहेछ क्यारे यो रिहाइ। यसै त राजनीतिमा हरेक कुरा विवादास्पद हुने गर्छ। तर, यसमा मेरो कुनै प्रकारको संलगन्ता नरहेको हुँदा केही भनिरहनु आवश्यक ठान्दिनँ,’ उनले भने।
आगामी दिनमा रविसँको सम्बन्ध कस्तो होला? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले रवि लामिछानेलाई गुन लगाएको थिए। उनले मसँग अनावश्यक दुश्मनी गरे। किन गरे थाहा छैन भेट भएको बेला सोध्छु।’
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया