सोमबार, २२ डिसेम्बर २०२५

रास्वपा नेता असिम शाहको घरमा रवि–बालेन भेटवार्ता जारी

News Image
• • •

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भेटवार्ता सुरु भएको छ।

स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा  वार्ता सुरु भएको हो।

भेटवार्तामा रास्वपा उपसभापति डीपी अर्याल र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन्।

शुक्रबार थुनामुक्त भएसँगै सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तिव्रता दिएका छन्। हिजो राति मात्रै उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!