बिएल संवाददाता
सोमबार मध्यरातमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच ८ घण्टा भेटवार्ता भयो।
दुई नेताबीचको छलफलमा रविले बालेनलाई प्रधानमन्त्रीको अफर गरेको दाबीसहित सामाजिक सञ्जालमा अनेकौं चर्चा र अडकलबाजी भइरहेका छन्।
तर, रास्वपा नेता पूर्वसांसद असिम शाहले बाहिर चर्चामा आएजस्तो रविले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार अफर गरेको आफूलाई जानकारी नभएको बताए।
ब्रेकएनलिंक्स नेपालीसँग कुराकानी गर्दै शाहले दुई नेताबीचको भेटवार्ता मुख्यतः एकले अर्कोलाई व्यक्तिगत रुपमा बढी चिनजान गर्ने अवसरका रुपमा केन्द्रीत रहेको बताए।
असिम शाह रवि–बालेन भेटवार्ताका संयोजकसमेत हुन्। दुई नेताबीचको वार्ता नै कमलपोखरीस्थित उनकै निवासमा भएको थियो।
यसअघि रवि र बालेनबीच व्यक्तिगत चिनजान नभएको र एकले अर्कोलाई बुझ्ने मौका नमिलि रहेको बेला यो भेटलाई एकअर्कालाई राम्रोसँग चिन्ने र बुझ्ने मौकाको रुपमा लिइएको उनले बताए।
‘उहाँहरूबीच वान टु वान वार्तामा त्यो विषय उठेको भए थाहा छैन। तर सयुक्त बैठकमा भने त्यस्तो केही कुरा भएको छैन। दुई जनाबीच यो भेटले अत्यन्तै राम्रो सम्बन्ध स्थापित गरेको छ। दुवैको उद्देश्य पनि मिलेकोले भविष्यमा राजनीतिक सहकार्यका लागि मार्ग प्रशस्त गरेको छ।’
रवि र बालेन दुवैले एकअर्कालाई खुब मन पराएको र यो भेटघाट ढिलो भएको भन्ने दुवैको साझा भनाइ थियो।
‘दुईबीचको व्यक्तिगत सम्बन्ध यो भेटले प्रगाढ भएकोले अब फेरि अर्को भेट छिटै हुने र यसका लागि कुनै सम्पर्क व्यक्ति नचाहिने उहाँहरूले भन्नुभएको छ,’ शाहले भने।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया