मङ्गलबार, २३ डिसेम्बर २०२५

ओली, देउवा र प्रचण्डलाई राष्ट्रपतिले बोलाए शीतल निवास

News Image
• • •

राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूलाई शीतल निवास बोलाएका छन्।

राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज दिउँसो ३ बजे छलफलका लागि निम्तो पठाएको हो।

राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीहरूसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन।

शीतल निवास स्रोतका अनुसार एमाले र कांग्रेस संसद पुनर्स्थापनाको मागसहित बहुमत सांसदहरूको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान लागेपछि राष्ट्रपतिले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलमा डाकेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!