मङ्गलबार, २३ डिसेम्बर २०२५

एमाले केन्द्रीय कार्यालय अवलोकनमा सरकारी टोली

News Image
• • •

सरकारको राजनीतिक संवाद समितिको टोलीले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय अवलोकन गरेको छ।

सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको च्यासलस्थित एमाले कार्यालय पुगेर अनुगमन गरेको हो।

अनुगमनमा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोली खटिएको छ।

टोलीले पार्टी कार्यालयमा महासचिव शंकर पोखरेलसहित एमाले नेताहरूसँग छलफलसमेत गरेको छ।

सरकारी टोलीले आजै सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पुगेर अनुगमन गरेको छ।

यसपछि सरकारी टोलीले तत्कालिन नेकपा माओवादी (केन्द्र)को केन्द्रीय पार्टी कार्यालयको पनि अनुगमन गर्नेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!