मङ्गलबार, २३ डिसेम्बर २०२५

पार्टी कार्यालय अघि उभिएर सरकारका प्रवक्ताले भनेः एमाले चुनावमा जान तयार

News Image
• • •

सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले एमाले चुनावमा जान तयार रहेको बताएका छन्। एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गरेको हो। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई महासचिव शंकर पोखरेलले वातावरण तयार पारे एमाले चुनावमा जान तयार रहेको बताएका हुन्।

‘सरकारको तर्फबाट सम्पूर्ण तयारी अघि बढाएको, निर्वाचनको वातावरण बनिरहेको परिप्रेक्ष्यमा नेकपा एमालेको तर्फबाट उहाँहरूले स्पष्ट भन्नुभएको छ– वातावरण बनाउनुस् हामी निर्वाचनमा भाग लिन्छौं भन्ने कुरा नेकपा एमालेको महासचिवको तर्फबाट स्पष्ट आएको छ,’ एमाले पार्टी कार्यालयमै उभिएर सञ्चारमन्त्री खरेलले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!