बिएल संवाददाता
अन्तरिम सरकारका मन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन्।
गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशको स्थिरताका लागि चुनाव अनिवार्य रहेको बताए।
‘चुनाव हुनैपर्छ, देशको स्थिरताका लागि चुनाव अनिवार्य छ तर यो निर्वाचनबाट नयाँ नेतृत्व आउनु पर्छ, यदि यो निर्वाचनबाट पनि पुरानै दलहरू नेतृत्वमा आउने हो भने त्यसको के अर्थ हुन्छ?’ उनले भने।
आफूले मात्र चुनाव जित्नु ठुलो कुरा नभएको उल्लेख गर्दै उनले देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले बहुमत, दुई तिहाइसहित चुनाव जितेमा देशको विकास सम्भव हुने दाबी गरे।
घिसिङले आगामी निर्वाचनबाट पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता पूराना दलका नेताहरू नै सरकारको नेतृत्वमा पुगेमा पछिल्लो समय ‘जेनजी विद्रोह’ले सिर्जना गरेको राजनीतिक अवस्थाको औचित्य समाप्त हुने उनले बताए।
चुनावपछि बन्ने सरकार देशका लागि अत्यन्तै महत्त्वपूर्ण हुने उनको ठहर छ।
उज्यालो नेपाल पार्टीलाई बहुमत दिलाउने गरी सक्रिय हुन निर्देशन दिँदै उनले देश निर्माणका लागि प्रधानमन्त्री सही र क्षमतावान् हुनुपर्नेमा जोड दिए। ‘हिजोका नेताहरूले लिडरसिप गरेनन्, राजनीति मात्रै गरे,’ उनले भने, ‘हामी राजनीति गर्न होइन, देशको समृद्धिका लागि काम गर्न आएका हौँ।’
भाषण र गफले मात्र देश विकास नहुने बताउँदै घिसिङले पुराना शक्तिहरूलाई परास्त गर्न नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए।
उज्यालो नेपाल पार्टी छोटो समयमै देशभर फैलिएको दाबी गर्दै उनले नयाँ नेतृत्वप्रति जनतामा आशा बढ्दै गएको बताए।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया