बिएल संवाददाता
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन्।
बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उनले नेपालको संविधानमा भएको छेडखानीलाई निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा निर्वाचन मात्र रहेको बताए।
उनले भने, ‘अब फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन हो। यदी निर्वाचन भएन भने त्यसको विकल्प के हो त? भनेर हामीले अहिले कल्पना गर्न सक्दैनौं। त्यसको परिभाषा गर्न सक्दैनौं। ठोस रुपमा भन्दा नेपालको अहिलेको संविधान छेडखानी भएकै छ। यो छेडखानीलाई पनि सबै निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा भनेको निर्वाचन नै छ। त्यसैले जसरी पनि निर्वाचन गराएर नै छोड्नुपर्छ। अब निर्वाचन गर्ने कि नगर्ने भनेर गरिने छलफल बेकार नै हुने छ।’
त्यस्तै उनले निर्वाचनको घोषणा भएको मितिदेखि नै निर्वाचन आयोग जसरी पनि निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि तल्लीन रहेको बताए।
‘निर्वाचनको घोषणा भएको मितिदेखि नै निर्वाचन आयोग जसरी पनि निर्वाचन सम्पन्न गर्ने प्रयोजनको लागि तल्लीन छ। २४सै घण्टा काम गरिरहेको छ। आयोगको मानसिकतामा जसरी पन निर्वाचन गराएर नै छा्ड्ने भन्दा अर्को कुनै कुरा नै खेल्दैन,’ उनले भने।
त्यस्तै प्रमुख आयुक्त भण्डारीले पुस १३–१४ गते हुने समानुपातिकको उम्मेद्वारको बन्द सूची पेसमा पठाउने व्यक्तिहरु अत्यन्तै राम्रोसँग हेरेर मात्र पठाउन आग्रह गरे। सूची पेस गर्ने प्रयोजनको लागि कुनै पनि संशोधन गर्न नपर्नेगरी, परिवर्तन गर्न नपर्नेगरी र ऐन नियमले मागेको सबै प्रकृया पूरा गरेर सबै जनजातिको प्रतिनिधित्व हुनेगरी पठाइदिँदा दल र आयोगलाई पनि सहज हुने उनको भनाई छ।
उनले भने, ‘यहाँहरूलाई मैले स्पष्ट रुपमा के आग्रह गर्छु भने तपाईंहरूले पठाउने व्यत्तित्वहरू अत्यन्तै राम्रोसँग हेरेर पठाउनु होला। त्यो पठाउने मात्र होइन, पेस गर्ने हाम्रो जुन कार्यक्रम छ त्यो सूची पेस गर्ने प्रयोजनको लागि कुनै पनि संशोधन गर्न नपर्ने गरी, परिवर्तन गर्न नपर्ने गरी र ऐन नियमले मागेको सबै प्रकृया पूरा गरेर सबै जातिको प्रतिनिधित्व हुनेगरी पठाइदिनुभयो भने तपाईंहरू र आयोगलाई पनि सहज हुन्छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया