बिहिबार, २५ डिसेम्बर २०२५

कुमार बेनको घरमा ‘रवि–बालेन’बीच भेटवार्ता जारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच छलफल जारी छ।

कुपण्डोलस्थित कुमार बेनको घरमा उनीहरूबीच वार्ता चलिरहेको रास्वपाका नेताहरूले जानकारी दिएका छन्।

आइतबार र साेमबार रवि–बालेनबीच दुई चरणको वार्ता फलदायी नभएपछि उनीहरू बिहीबार तेस्राे चरणकाे वार्तामा छन्।

बालेनले आज बिहान ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए। त्यसपछि उनलाई भेट्न कांग्रेस नेता सुनील शर्मा पनि पुगेका थिए। लगतै, बालेन रविसँग छलफलमा जुटिरहेकाे स्राेतकाे दाबी छ।

वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह, गणेश कार्की र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!