बिहिबार, २५ डिसेम्बर २०२५

बालेन भेट्न नेताहरूको दौडधुप, ज्वागल पुगे बाबुराम

News Image
• • •

समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने अन्तिम मिति नजिकिएसँगै वैकल्पिक शक्तिहरूबीच ध्रुवीकरणका लागि दौडधुप सुरु भएको छ।

यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ध्रुवीकरणको केन्द्रमा छन्। उनलाई भेट्न सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा नेताहरूको लाइन लागेको छ।

केहीबेरअघि रास्वपा सभापति रवि लामिछाने बालेनसँग एकल वार्ता गरेर फर्किएका थिए। लगत्तै रास्वपा नेता शिशिर खनाल पनि बालेनलाई भेटेर फर्किएका छन्।

यतिबेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उनलाई भेट्न ज्वागल पुगेका छन्।

उनीहरूबीचको वार्ता जारी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!