बिएल संवाददाता
पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभित्र बसेका सबैले निर्वाचनको दिन जुन ठाँउमा छ त्यही ठाँउबाट भोट हाल्न किन नपाउने भन्दै प्रश्न गरेका छन्। उनले हरेक नागरिकले कार्यस्थलबाट भोट हाल्न पाउनुपर्ने बताएका हुन्।
बिहीबार भएको निर्वाचनमा चौथो अङ्गः अनुसन्धानात्मक पत्रकारिता एक विमर्श अन्तर्क्रिया कार्यक्रममा उनले संविधानको दफामा कर्मचारी, प्रहरी भए वापत स्थायी बसोबासबाट भोट हाल्न पाउने तर मजदुर, निजी कम्पनीको कर्मचारी र पत्रकारहरूले भोट हाल्न नपाउने व्यवस्था रहेको भन्दै यस्तो दफा सही नभएको बताए।
उनले भने, ‘हामीले प्रस्तावित कानूनमा पनि पेश गरेका हौँ, देश विदेशका धेरै कुरा नगरौं। देशभित्र बसेका सबै माइक बोकेर समाचार खोज्न जाने मान्छेहरुले निर्वाचनको दिन जुन ठाँउमा भएपनि त्यो ठाँउबाट भोट हाल्न किन नपाउने? मैले पत्रकारका लागि ताली खोज्न बोलेको होइन। मैले यो किन बोलेको भन्दा कर्मचारी भए वापत चाहीं पाउने, प्रहरी भएपनि पाउने तर मजदुर भएर नपाउने? कुनै निजी कम्पनीमा काम गरेकाले नपाउने? पत्रकार भएकालेले नपाउने? यस्तो दफा पनि दफा हुन्छ र?’
उनले नेपालभित्रका सबै नेपालीले कम्तीमा समानुपातिकतर्फ देशको जुनै ठाँउबाट पनि भोट हाल्न सक्ने व्यवस्था गर्नुपर्ने भन्दै यसबाट अपनत्व बढ्ने पनि बताए।
पत्रकारिताको सन्दर्भबाट हामी निर्वाचनको प्रारम्भिक चरणमा रहेको पनि उनको भनाइ छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया